प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा जाने भएका छन्।
आइतबार बिहान यति एयरको विमानस्थल दुर्घटना भएपछि त्यसबारे थप बुझ्न प्रधानमन्त्री आफैं पोखरा जान लागेका हुन्। गृहमन्त्री रवि लामिछाने र भाैतिक पूर्वाधार तथा यातायतमन्त्री नारायणकाजी श्रेष्ठलाई लिएर प्रचण्ड पोखरा जान लागेका हुन्।
प्रधानमन्त्रीको सचिवालयका अुनसार मन्त्रिपरिषद् बैठक सक्नेबित्तिकै प्रधानमन्त्री प्रचण्ड पोखरा जान लागेका हुन्। हेलिकोप्टरमार्फत जाने तयारी सचिवालयले बताएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको थियो। बैठक सकिएलगत्तै प्रचण्ड पोखरा जान लागेका हुन्।
510
Shares

प्रतिक्रिया