राजनीति


मेरो भारत भ्रमण चाँडै हुन्छ : प्रधानमन्त्री प्रचण्ड

मेरो भारत भ्रमण चाँडै हुन्छ : प्रधानमन्त्री प्रचण्ड

नेपालखबर
पुस ३०, २०७९ शनिबार १७:१५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण चाँडै हुने बताएका छन्।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पादकहरूसँगको साक्षात्कारमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्। 

भारत भ्रमणबारे सोधिएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘दूतावासले समन्वय गरिरहेको छ। भारत भ्रमण चाँडै हुन्छ।’

प्रधानमन्त्री भए लगत्तै प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारत हुने बताएका थिए। 

सम्पादकहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले मन्त्रीपरिषदले पूर्णता पाएर सभामुखको निर्वाचन भएलगत्तै भारत भ्रमण हुने संकेत गरेका हुन्।  

प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डले पहिलोपटक सम्पादकहरूसँग छलफल गरेका हुन्।

उनले भोलि बेलुकीसम्म सरकारले पूर्णता पाइसक्ने, राष्ट्रपति र सभामुखको निर्वाचनमा पनि कांग्रेसहितको सहमति खोज्ने प्रयासमा आफू लागेको पनि बताए।

भोलि बेलुकीसम्म सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री प्रचण्ड

राष्ट्रपति र सभामुखको निर्वाचनमा पनि कांग्रेससहितको सहमति जुटाउने प्रयासमा छु : प्रधानमन्त्री प्रचण्ड​

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .