राजनीति


प्रदेश १ को उपसभामुखमा सिर्जना दनुवार चयन

प्रदेश १ को उपसभामुखमा सिर्जना दनुवार चयन

सिर्जना दनुवार


नेपालखबर
पुस ३०, २०७९ शनिबार १३:४८, विराटनगर

प्रदेश १ को उपसभामुखमा सत्ता गठबनधनकी उम्मेदवार सिर्जना दनुवार चयन भएकी छन्। प्रदेशसभाको आज बसेको बैठकमा दनुवारका पक्षमा ५७ मत परेकाले  प्रदेशसभाको दोस्रो कार्यालयका लागि उनी उपसभामुख चुनिएकी हुन्। 

सत्ता गठबन्धनले एमालीकी नेता ४६ वर्षीय दनुवारलाई उपसभामुखको उम्मेदवार बनाएको थियो। प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसका तर्फबाट उपसभामुखको उम्मेदवपार लीलाकुमारी राई थिइन्। उनले ३३ मत मात्र प्राप्त गरिन्। राईलाई कांग्रेस र एकीकृत समाजवादीले मत हालेका थिए भने दनुवारलाई सत्ता गठबन्धनका एमाले, माओवादी केन्द्र ,राप्रपा र जसपाका सांसदले मत हालेका थिए।

सभामुख बाबुराम गौतमले दनुवारलाई उपसभामुख चयनका लागि आवश्यक बहुमत मत प्राप्त गरेकाले उनलाई उपसभामुख भएको घोषणा गरे। उपसभामुखको मतदानमा ९० सांसद सहभागी भएका थिए भने सत्तापक्षका दुई सदस्य अनुपस्थित रहेको प्रदेश सभासचिवालयले जनाएको छ। 

गठबन्धनका दलबीच भागबन्डा गर्दा प्रदेश १ को उपसभामुख एमालेको भागमा परेको छ। 

एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ५ र जसपाका १ जना प्रदेशसभा सदस्य छन्। उता कांग्रेसका २९ र एकीकृत समाजवादीका ४ गरी ३३ सांसद छन्। ९२ जना सांसद रहेको प्रदेशसभामा बहुमतका लागि ४७ जना आवश्यक पर्छन्।

सभामुखमा यसअघि माओवादी केन्द्रका बाबुराम गौतम चयन भइसकेका छन्। 

प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नु पर्ने संवैधानिक व्यवस्था छ। प्रदेश १ प्रदेशसभाको पहिलो बैठक यही पुस १७ गते बसेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .