ad ad

राजनीति


अमेरिकी राजदूतले भेटे जनमत अध्यक्ष सीके राउतलाई

अमेरिकी राजदूतले भेटे जनमत अध्यक्ष सीके राउतलाई

भेटघाटका क्रममा सीके राउत र अमेरिकी राजदूत। तस्बिर : सीके राउतको सचिवालयल


नेपालखबर
पुस २७, २०७९ बुधबार १२:२६, काठमाडौँ

नेपालस्थित अमेरिकी राजदूत डीआर थम्पसनले सत्ता साझेदार जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) लाई भेटेका छन्। 

एकजना विनाविभागीय मन्त्री अब्दुल खानसहित सरकारमा गएको जनमत पार्टीले मंगलबार संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थियो।

प्रचण्डले विश्वासको मत लिएको भोलिपल्ट राजदूत थम्पसनले बुद्धनगरस्थित जनमत पार्टी कार्यालयमा पुगेर राउतसँग वार्ता गरेका हुन्। 

थम्पसनसँग भेटघाटका क्रममा दुई देशबीच विकास सहकार्यबारे चर्चा भएको जानकारी राउतले दिएका छन्। 

तर दुवै पक्षले भेटमा भएको विस्तृत कुराकानीको विवरण सार्वजनिक गरेका छैनन्। प्रचण्ड नेतृत्वको सरकार बन्नुअघिदेखि नै थम्पसन नेपालका राजनीतिक दलका नेताहरुसँग बाक्लो भेटघाटमा थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .