ad ad

राजनीति


गृहमन्त्री केटाकेटी जस्तै, ठूलो पद मिलेपछि अहंकार देखाए : रमेशजंग रायमाझी

गृहमन्त्री केटाकेटी जस्तै, ठूलो पद मिलेपछि अहंकार देखाए : रमेशजंग रायमाझी

फाइल तस्बिर


नेपालखबर
पुस २५, २०७९ सोमबार १७:३४, काठमाडौँ

नेपाली कांग्रेसका राष्ट्रिय सभासदस्य रमेशजङ्ग रायमाझीले सरकारको गृहमन्त्रीको शपथ खाएको दिन नै मन्त्रिपरिषद्मा प्रतिपक्षको भुमिका खेल्छु भनेर रवि लामिछानेले केटाकेटीपन देखाएको बताएकान्। 

सोमवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै रायमाझीले संसदीय प्रणालीमा प्रधानमन्त्रीको नेतृत्वमा जनता र संसदप्रति उत्तरदायी हुनुपर्ने बताए। 

उनले सरकारको उपप्रधान तथा गृहमन्त्रीले सरकारको प्रतिनिधिभन्दा प्रतिपक्षी भूमिकामा उभिने भन्नेबाट कानूनको पालना नहुने बताएका हुन्। 

उनले संसदीय व्यवस्थामा प्रधानमन्त्रीको मन्त्री भएर मन्त्रिपरिषद्मा प्रतिपक्षको भूमिका खेल्छु भन्नु केटाकेटीपन वा अनपेक्षित पदप्राप्तिपछिको उत्साह र अहंकार भएको टिप्पणी गरे। 

रायमाझीले कानूनको भुमरीमा परेर सफाइ नपाएको व्यक्ति नै स्वार्थ बाझिने गरी राज्यमा प्रमुख निकायमा रहँदा यो शासन व्यवस्थाको मूल्य र मान्यतालाई कायम गर्न नसक्ने बताए। 

उनले संविधानमा व्यवस्था भएका मौलिक हकमा राज्य गम्भिर नबन्दा धेरै शान्ति सम्झौतामा भएका कामहरु गर्न बाँकी रहेको बताए।

उनले आमागी संसदले लामो समय देखि विवाद रहेको नागरिकता संशोधन विधेयक प्रमाणिकरण नहुँदा नागरिकहरु नागरिता पाउनबाट बन्चित बन्नुपरेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .