राजनीति


जसपाले प्रचण्ड नेतृत्व सरकारलाई विश्वासको मत दिने

जसपाले प्रचण्ड नेतृत्व सरकारलाई विश्वासको मत दिने

तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
पुस २३, २०७९ शनिबार १८:२७, काठमाडौँ

जनता समाजवादी पार्टी नेपाल (जसपा) ले सरकारलाई विश्वासको मत दिने भएको छ। आफ्नो पार्टीले राख्दै आएका मागहरूप्रति सरकार सकारात्मक देखिएकाले विश्वासको मत दिने निर्णय गरेको पार्टीले जनाएको छ। 

गठबन्धनको तर्फबाट मस्यौदा गरिएको न्युनतम साझा कार्यक्रमको खाका हेर्दा पार्टीको राजनीतिक समितिको बैठकबाट सरकारमा सहभागी हुनका लागि राखिएका सर्तहरुमध्ये २ वटा सर्तहरु समेटिएको पार्टी प्रचार विभागले जनाएको छ। 

पार्टीका मूलभुत सिद्दान्तहरुको प्रतिकुल नहुने गरी नै मस्यौदा तयार भएको छ भने नागरिकता समस्या समाधान र सुशासनको प्रत्याभूति जस्ता विषय पनि साझा न्युनतम कार्यक्रमको मस्यौदामा अटेको देखिन्छ।

पुस २७ गतेलाई पृथ्वी जयन्तीका रुपमा सार्वजनिक विदा दिने विषयलाई मस्यौदामा समेट्ने कुरासँग भने जसपाको असहमति रहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .