राजनीति


पूर्वराजा ज्ञानेन्द्रलाई भेटेपछि रवीन्द्र मिश्रले भने : राजसंस्था अपरिहार्य भयो

पूर्वराजा ज्ञानेन्द्रलाई भेटेपछि रवीन्द्र मिश्रले भने : राजसंस्था अपरिहार्य भयो

नेपालखबर
पुस २१, २०७९ बिहिबार १४:३९, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेका छन्। 

उनले ज्ञानेन्द्रसँग बिहीबार करिब डेढ घण्टा लामो संवाद भएको जनाएका छन्। यसलाई मिश्रले १५ वर्षपछिको प्रेमपूर्ण भेट भनेर चित्रण गरेका छन्।

कुनै समय मिश्र विवेकशील साझा पार्टीको नेतृत्वमा थिए। तर मंसिर ४ को निर्वाचनअघि राप्रपामा प्रवेश गरेका हुन्। 

मिश्रले ज्ञानेन्द्रसँग भेटपछि देशमा राजसंस्था अपरिहार्य भएको तर्क गरेका छन्। उनले चुनावअघि पनि राजतन्त्र र हिन्दु राज्यको खुलेर वकालत गर्दै आएका थिए। 

'१५ वर्षपछिको प्रेमपूर्ण भेट, असोचनीयस्तरको प्रतिकूलता व्योहोरेका राजा ज्ञानेन्द्रसँगको डेढ घण्टा लामो भेटमा उनको सदाझैँको शालीनता/सौम्यता/समझदारी/देशप्रतिको गहिरो चिन्ताबाट प्रभावित भएको अवस्था', उनले भनेका छन्, 'बढ्दो भूराजनीतिक/आन्तरिक संवेदनशीलताबीच नेपालमा राजसंस्था अपरिहार्य भएको निष्कर्ष!'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad