राजनीति


नेपालका पार्टीलाई हातमा लिएर अमेरिका खतरनाक रुपमा आएको छ : मोहनविक्रम

नेपालका पार्टीलाई हातमा लिएर अमेरिका खतरनाक रुपमा आएको छ : मोहनविक्रम

नेपालखबर
पुस १९, २०७९ मंगलबार १८:५४, काठमाडौँ

नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले ‘अमेरिकी साम्राज्यवाद’ नेपालकै पार्टीलाई हातमा लिएर खतराको रुपमा आएको बताएका छन्।

प्युठानमा आयोजित एक कार्यक्रममा महामन्त्री सिंहले अमेरिकाले आफ्नो रणनीति सफल पार्न नेपालका पार्टीलाई समर्थन गरेको बताए। 

उनले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले अमेरिकको समर्थनमा चुनावमा सफलता पाएको दाबी पनि गरे।

उनले धर्मका नाममा पनि नेपाललाई विभाजित गर्न खोजिएको बताए। धर्मसँग आफ्नो विरोध नभएपनि इशाई धर्मको नामबाट पनि अमेरिकाले नेपालमा राजनीति गर्न खोजेको स्पष्ट पारे।

‘नेपालका विभिन्न पार्टीहरुलाई समर्थनमा लिएर आफ्नो रणनीति सफल पार्न अमेरिकी साम्राज्यवादले योजना बनाइ रहेको छ’ सिंहले भने, ‘एमसीसी र एसपीपीको माध्यमबाट नेपाललाई खतरा छ। इशाई धर्मको नामबाट पनि आफ्नो पक्ष मजबुत गर्न चाहन्छ।’ 

महामन्त्री सिंहले अहिले प्रतिगमनको खतरासँगै राष्ट्रियतामाथि पनि गम्भीर खतरा उत्पन्न भएको बताए। सिंहले रसिया–युक्रेन युद्धले तेस्रो विश्वयुद्धको खतरा बढाएको जिकीर गरे।

महामन्त्री सिंहले चुनावमा हुने हारजित सामान्य विषय भएको उल्लेख गर्दै नयाँ जनवादी क्रान्तिको दीर्र्घकालिन लक्ष्य सफल हुनेगरी अघि बढ्न कार्यकर्तालाई निर्देशन दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad