ad ad

राजनीति


प्रेम आले र माया राईले आज शपथ ग्रहण गर्ने

प्रेम आले र माया राईले आज शपथ ग्रहण गर्ने

फाइल।


नेपालखबर
पुस १९, २०७९ मंगलबार ११:४३, काठमाडौँ

प्रतिनिधिसभा सदस्यद्वय प्रेम आले र माया राईले आज शपथ ग्रहण गर्ने भएका छन्। 

दिउँसो साढे १२ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालय, कानुन समितिको हलमा शपथ ग्रहण कार्यक्रम राखिएको संघीय संसद सचिवालयले जनाएको छ। 

आले मातृशोकमा परेका थिए। राई भने अस्पतालमा भएका कारण शपथ ग्रहण कार्यक्रममा उपस्थित हुन सकेका थिएनन्। 

अन्य प्रतिनिधिसभा सदस्यहरुको गत ७ पुसमा शपथ ग्रहण लिएका थिए। 

सभामुख चयन हुन बाँकी नै रहेकाले उनीहरुलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ खुवाउने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .