ad ad

राजनीति


माओवादीसँग एकताको बाटोमा बाबुराम भट्टराईको पार्टी, २४ गते बैठक बस्दै

माओवादीसँग एकताको बाटोमा बाबुराम भट्टराईको पार्टी, २४ गते बैठक बस्दै

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई। तस्बिर : विशाल कार्की/नेपालखबर।


नेपालखबर
पुस १९, २०७९ मंगलबार ९:२९, काठमाडौँ

नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक पौष २४ गते बस्ने भएको छ।

नेपाल समाजवादी पार्टीको आगामी कार्यदिशा तथा समसामयिक राजनीतिक विषयमा छलफल तथा निर्णय गर्न बैठक बस्न लागेको बताइएको छ। 

काठमाडौंमा बस्ने बैठकमा नेपाल समाजवादी पार्टीको आगामी रणनीति, आवश्यक कार्ययोजना तथा समसामयिक राजनीतिक विषयमाथि बैठकमा छलफल हुने र केही महत्वपूर्ण निर्णय हुने पार्टीका प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले जानकारी दिए।

बैठकले माओवादीसँगको एकताको विषयमा पनि निर्णय गर्ने हो? भन्ने नेपालखबरको प्रश्नमा पाण्डेले भने, ‘यो विषयमा पार्टीको बैठकमा छलफल भएर नै निर्णय हुने हो। त्यही पनि पार्टी एकताको विषयमा हामी नेसपा र माओवादीबीच विभिन्न तहमा छलफल जारी छ।’

उनले पार्टीभित्र अब समाजवादी धारको नेतृत्व गरेर अघि बढ्ने विषयमा छलफल भएको पनि बताए। 

‘अब समाजवादी धारको नेतृत्व गरेर अगाडि बढ्ने बेला आएको छ। समाजवादी पक्षधरहरु अलग अलग हुनुभन्दा एकताबद्ध भएर अघि बढ्नु नै अहिलेको समयको माग हो,’ पाण्डेले नेपालखबरसँग भने, ‘समाजवादी धारको नेतृत्व गरेर अगाडि बढ्ने कुरामा नेसपा र माओवादीबीच करिब–करिब सहमतिजस्तै छ। त्यसैले यसमा सहमति हुँदा एकताको बाटोमा हामी जान सक्छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .