राजनीति


‘एमालेसँग एकता तत्काल असम्भव, माधव नेपाल राष्ट्रपति हुने कुरा हल्ला मात्रै’

‘एमालेसँग एकता तत्काल असम्भव, माधव नेपाल राष्ट्रपति हुने कुरा हल्ला मात्रै’

फाइल तस्बिर


नेपालखबर
पुस १७, २०७९ आइतबार १४:३७, काठमाडौँ

नेकपा एकीकृत समाजवादी पार्टीले तत्कालै नेकपा एमालेसँग एकता सम्भव नरहेको निष्कर्ष निकालेको छ।

शनिबारदेखि काठमाडौंमा जारी पार्टी स्थायी कमिटी बैठकमा एमालेसँगको एकताको विषयले प्रवेश नै नपाएको जानकारी उपमहासचिव गंगालाल तुलाधरले दिएका छन्।

एकताको हल्ला एमालेकै केही नेताहरुले चलाएको पनि उनले बताए। 'एकताको कुरा एमालेका केही साथीहरुले चलाएको हल्ला मात्रै हो', उनले भने, 'एकता हुन्छ भन्ने कुरामा दुवै पक्षबाट कुनै पहल भएको छैन। केही नेताको रहरले एकता हुने होइन। नेताहरुबीच भेटघाट भएको हो। तर एकतालाई लिएर कुनै कुरा भएको छैन।'

तुलाधरले एमाले उपाध्यक्ष विष्णु पौडेलहरु यो सरकार बन्नुअघि एकताका लागि सक्रिय भएको स्वीकारे। 'उहाँहरुसँग एकताका लागि सक्रिय हुनु भएको थियो। तर विष्णु पौडेलजी मन्त्री भइसकेपछि त्यस विषयमा सक्रिय हुनुहुन्न', तुलाधरले भने, 'अहिलेकै अवस्थामा हामी कसैसँग एकता हुने विश्वासमा छैनौँ। हामी अहिले पार्टी पुन:निर्माण अभियान छौँ। हाम्रो जोडबल पार्टीलाई बलियो बनाएर अघि बढ्ने हो।'

नेकपा माओवादी केन्द्रसँग एकता लागि गत भदौमै संयोजन समिति बनाउने निर्णय गरिए पनि त्यसले खासै गति नलिएको उनले बताए।

'हामीले एक पटक एकताको पहल गरेको पनि हो। तर माओवादीबाट खासै गम्भीर कुरा आएन', उनले भने, 'अहिले हाम्रो लक्ष्य कुनै पद प्राप्तिभन्दा पार्टी बलियो बनाउने हो। हामी तत्कालै एकताको पक्षमा छैनौँ। बैठकमा बोल्ने अधिकांश नेताहरुको मत पनि त्यही छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .