राजनीति


बागमती प्रदेशको मुख्यमन्त्रीमा राप्रपाको दाबी

बागमती प्रदेशको मुख्यमन्त्रीमा राप्रपाको दाबी

नेपालखबर
पुस १६, २०७९ शनिबार १४:३३, हेटाैंडा

बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र र नेकपा एमाले गरि दुई राजनीतिक दलहरुले दाबी गरिरहेको अवस्थामा पछिल्लो समय राप्रपाको दाबीले हलचल ल्याएको छ।

केन्द्रले सरकारमा नजाने बताइरहँदा चुप बसिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रकै निर्णय अनुसार बागमतीको मुख्यमन्त्री पाउनु पर्ने दाबी गरेको छ।

बागमती प्रदेशको सत्ताको चावी आफ्नो पोल्टामा आएसँगै मुख्यमन्त्रीमा राप्रपाले दाबी गरेको हो। केन्द्रमा एमालेको नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै बागमती प्रदेशमा सत्ताको चावी राप्रपाको पोल्टामा पुगेको छ।

राप्रपाले ७ प्रदेश मध्ये एउटा प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने माग राखेको छ। जसकारण अन्य प्रदेशमा भन्दा धेरै १३ सिट जितेको राप्रपाले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेको राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले बताए। 

जसरी पनि आफूले पाउनुपर्छ भन्ने नभएको भन्दै थापाले नेपालखबरसँग भने, ‘मुख्यमन्त्रीमा मेरो दाबी केन्द्रको निर्णय विपरित होइन। हामीले केन्द्रको निर्णय नै मान्ने हो त्यसैले राप्रपाले नै पाउनुपर्छ भन्ने मेरो धारणा होइन। तर एउटा प्रदेश पाउने भन्ने भागवण्डा केन्द्रले नै गरेपछि धेरै सिट जितेको बागमती प्रदेशमै पाउनुपर्छ भन्ने मेरो माग हो। यस हिसाबले भने बागमतीको मुख्यमन्त्रीमा मेरो दाबी अवश्य पनि हो।’

चुनावी कार्यक्रममा नै प्रदेश खारेजीको मुख्य एजेण्डा लिएको राप्रपाले सरकारमा गएर मात्रै प्रदेश खारेजीको मुद्दा अघि बढाउने उनले बताए। हालसम्म सत्ता गठबन्धनमा रहेका तीनवटै राजनीतिक दलहरुले बागमतीको मुख्यमन्त्रीमा दाबी गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad