ad ad

राजनीति


गृहमन्त्री भएपछि रविको पहिलो निर्णय : निर्मला पन्तको न्यायका लागि पहल गर्ने

गृहमन्त्री भएपछि रविको पहिलो निर्णय : निर्मला पन्तको न्यायका लागि पहल गर्ने

पदवहालीका क्रममा गृहमन्त्री रवि लामिछाने। तस्बिर : नेपालखबर


नेपालखबर
पुस ११, २०७९ सोमबार १७:४३, काठमाडौँ

गृहमन्त्री भएपछि रवि लामिछानेले पहिलो निर्णयका रुपमा कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तको न्यायका लागि थप पहल गर्ने भएका छन्।

सिंहदरबारस्थित गृहमन्त्रालयमा सोमबार साँझ शपथग्रहण गर्दै निर्मलाको न्यायका लागि थप पहल गर्ने पहिलो निर्णय उनले गरेका हुन्। 

'निर्मला पन्तको केस के भइरहेको छ? त्यसमा न्यायका लागि अधिकतम् पहल गरौँ', उनले गृहसचिव विनोद सिंहलाई निर्देशन दिँदै भने, 'मेरो पहिलो निर्णय नै निर्मला पन्तको न्यायका लागि थप पहल गर्ने भन्ने भएको छ।' 

रविले सञ्चारकर्मी भएका बेला निर्मलाको मुद्दा कञ्चनपुरको उल्टाखाम पुगेर पनि उठाएका थिए। तर यो प्रकरण गिजोलिन पुग्दा अहिलेसम्म उक्त बलात्कार र हत्याकाण्डका दोषी पक्राउ परेका छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .