राजनीति


विश्वप्रकाश शर्माले भने– चिन्ता नलिनुहोस्, नयाँ बिहानी आउनेछ

विश्वप्रकाश शर्माले भने– चिन्ता नलिनुहोस्, नयाँ बिहानी आउनेछ

नेपालखबर
पुस ११, २०७९ सोमबार १०:४२, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जिम्मेवार प्रतिपक्षका रुपमा देशव्यापी रुपमा परिचालन भएर नयाँ बिहानी ल्याउने बताएका छन्। 

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल हुँदाहुँदै एकाएक प्रतिपक्षमा बस्नु परेपछि उनले जिम्मेवार प्रतिपक्षका रुपमा देशव्यापी रुपमा परिचालन भएर नयाँ बिहानी ल्याउने बताएका हुन्। 

महामन्त्री शर्माले सत्ता गठबन्धन टुट्नुको कारण सबैलाई थाहा भएको जिकिर गर्दै नेता–कार्यकर्ताहरुलाई उत्साह, एकता, रुपान्तरणको दृढता राख्न आग्रहसमेत गरेका छन्।   

‘भएको के हो सबैलाई थाहै छ। त्यसैले आलोचना र आत्मालोचनाको चरण हुन्छ। साँझ परेको छ, रात छिप्पिने छ। जिम्मेवार प्रतिपक्षका रूपमा हामी देशव्यापी मुभमा हुनेछौं,’ महामन्त्री शर्माले ट्विटरमा लेखेका छन्, ‘नयाँ बिहानी हुनेछ। तर, त्यो आफै आउने छैन, हामी ल्याउनेछौं। त्यसका लागि उत्साह, एकता, रुपान्तरणको दृढता राख्नोस्।’

उनले कांग्रेसका नेता–कार्यकर्ताहरुलाई चिन्तित नहुन पनि भनेका छन्। ‘देशभरबाट साथीहरूले सोधिरहनु भएको छ– कसरी यस्तो भयो? अब के हुन्छ?,’ महामन्त्री शर्माले भनेका छन्, ‘मैले केवल यत्ति भने– डन्ट वरी।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad