प्रधानमन्त्री नियुक्त भएकोमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चीनले बधाई दिएको छ।
काठमाडौंस्थित चिनियाँ दूतावासले ट्वीटमार्फत प्रचण्डलाई नेपालको ४४ औँ प्रधानमन्त्री भएकोमा बधाई दिएको हो।
प्रचण्ड आइतबार नेकपा (एमाले) सहित ६ दलको समर्थनमा प्रधानमन्त्री बनेको हुन्। उनको शपथ भोलि (सोमबार) हुँदैछ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपालको ४४ औं प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई।
— Spokesperson Of Chinese Embassy In Nepal (@PRCSpoxNepal) December 25, 2022
1.6k
Shares

प्रतिक्रिया