राजनीति


बालुवाटारमा प्रचण्डको घोषणा : अबदेखि सत्ता गठबन्धनको औचित्य सकियो

रामचन्द्रले भने : अब बैठक बस्न सक्दैन, सहकार्य करिब टुंगियो
बालुवाटारमा प्रचण्डको घोषणा : अबदेखि सत्ता गठबन्धनको औचित्य सकियो

फाइल तस्बिर


नेपालखबर
पुस १०, २०७९ आइतबार १४:४, काठमाडौँ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धन टुटेको बताएका छन्। 

बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाड्ने अडान लिएपछि सत्ता गठबन्धन करिब अन्तिम बिन्दुमा पुगेको हो। 

उक्त बैठकमा सहभागी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबदेखि सत्ता गठबन्धन सकिएको घोषणा गरेको बताए। 

'सत्ता गठबन्धन बचाउन धेरै प्रयास गर्यौँ तर सकिएन', उनले बैठकपछि भने। उक्त बैठकमा प्रचण्डले सत्ता गठबन्धनको औचित्य सकिएको भनेर हिँडेका थिए। 

मंसिर ४ को निर्वाचनपछि सत्तारुढ दलबीच शक्ति बाँडफाँडका क्रममा मा‌ओवादीले पहिलो कार्यकाल प्रधानमन्त्री दाबी गरेको थियो। 

पहिलो कार्यकाल प्रचण्डले प्रधानमन्त्री बन्ने अडान लिएका थिए। तर कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारमा प्रधानमन्त्री र राष्ट्रपति दुवै नछाड्ने अडान लिए। त्यसपछि प्रचण्डले सत्ता गठबन्धनको औचित्य सकिएको घोषणा गरेर हिँडे।

उनले सम्भवत: आजै बालकोट या अन्य स्थान कहीँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गर्दैछन्। उनी बालुवाटारबाट निस्केर बालकोट हिँडेको बताए पनि अहिले खुमलटार पुगेका छन्। 

प्रचण्डको निष्कर्ष जस्तै वरिष्ठ नेता पौडेलले पनि अब सत्ता गठबन्धनको बैठक बस्न नसक्ने बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad