ad ad

राजनीति


अब गठबन्धन अघि बढ्दैन : झलनाथ खनाल

अब गठबन्धन अघि बढ्दैन : झलनाथ खनाल

फाइल।


नेपालखबर
पुस १०, २०७९ आइतबार १३:३८, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले सत्तारुढ पाँच दलीय गठबन्धन अघि बढ्न नसक्ने बताएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि नेपालखबरसँग संक्षिप्त कुराकानी गर्दै नेता खनालले सो कुरा बताएका हुन्। 

‘बालुवाटार बैठकमा कुरा मिलेन,’ खनालले भने, ‘अब दुई तिन घन्टामा देउवाको मन फर्किएन भने गठबन्धन टुटेजस्तो छ,’ 

सत्ता गठबन्धनको बैठकमा सहमति जुट्न नसकेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले बालकोट पुगेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न प्रचण्ड बालकोट पुगेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .