ad ad

राजनीति


बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

फाइल तस्बिर।


नेपालखबर
पुस ९, २०७९ शनिबार १६:२५, काठमाडौँ

सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि मात्र गठबन्धनको बैठक सुरु भएको हो।

नयाँ सरकार गठन र शक्ति समीकरणबारे छलफल गर्न नेताहरु बैठकमा जुटेका हुन्। गठबन्धन बैठकमा सहभागी हुनका लागि सबै शीर्ष नेताहरु बालुवाटार पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले नेपालखबरलाई जानकारी दिए।

सत्तारुढ गठबन्धन दलबीच बहुमत जुटाएर प्रधानमन्त्रीमा दाबी गर्न छलफल जारी रहे पनि नयाँ सरकारको नेतृत्वबारे कांग्रेस र माओवादी बीच कुरा मिलेको छैन। 

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई नयाँ सरकार गठनका लागि आइतबार बेलुकी ५ बजेसम्मको समय दिएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .