ad ad

राजनीति


पत्रकार महासंघद्वारा ‘सुर्खेत घोषणा’ जारी, अभिव्यक्ति स्वतन्त्रतामैत्री कानुन बनाउन माग

पत्रकार महासंघद्वारा ‘सुर्खेत घोषणा’ जारी, अभिव्यक्ति स्वतन्त्रतामैत्री कानुन बनाउन माग

नेपालखबर
पुस ९, २०७९ शनिबार १३:३, काठमाडौँ

नेपाल पत्रकार महासंघले आचारसंहिताको पूर्ण पालना गरेर जिम्मेवार र मर्यादित पत्रकारिता गर्न आह्वान गरेको छ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न केन्द्रीय साधारणसभा पछि ‘सुर्खेत घोषणा–२०७९’ जारी गर्दै महासंघले सञ्चारकर्मीहरूलाई आचारसंहिताको पूर्ण पालना गर्न आह्वान गरेको हो। 

‘पत्रकार आचारसंहिताको सञ्चारकर्मीहरूलाई पूर्ण पालना गर्दै जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सबै सञ्चारकर्मीलाई पुनः आह्वान गर्दछ’, ‘सुर्खेत घोषणा–२०७९’ मा भनिएको छ। 

नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गरे पनि त्यसपछि गठित तीनै तहका सरकार तथा राजनीतिक दलहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकलाई पूर्णतः कार्यान्वयनमा नल्याएको ठहर महासंघले गरेको छ। 

‘यसप्रति नेपाल पत्रकार महासंघको यो केन्द्रीय साधारणसभा गम्भीर चासो र चिन्ता व्यक्त गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री कानुन निर्माण गर्न तीनै तहका सरकारलाई पुनः आग्रह गर्दछ’, घोषणामा भनिएको छ, ‘साथै, नागरिक अधिकार, प्रेस स्वतन्त्रता र सूचनाको हक सुनिश्चित गर्न पनि माग गर्दछ।’

हेर्नुहोस् घोषणा :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .