ad ad

राजनीति


नेपाली राजनीतिमा कृष्णप्रसाद भट्टराईको अतुलनीय योगदान : देउवा

नेपाली राजनीतिमा कृष्णप्रसाद भट्टराईको अतुलनीय योगदान : देउवा

नेपालखबर
पुस ९, २०७९ शनिबार १२:९, काठमाडौँ

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  नेपाली राजनीतिमा  सन्तनेता तथा पूर्वप्रधानमन्त्री  कृष्णप्रसाद भट्टराईको अतुलनीय योगदान रहेको बताएका छन्। नेपाली कांग्रेसका संस्थापक नेता  भट्टराईको ९८औं जन्मोत्सवका अवसरमा शनिबार ललितपुरको बाडेगाउँस्थित  आश्रममा आयोजित कार्याक्रममा उनले भट्टराईको योगदानको चर्चा गरेका हुन्।

‘किसुनजी २००३ सालदेखि राजनीतिमा हुनुहुन्थ्यो। मुलुकका महत्त्वपूर्ण राजनीतिक घटनामा उहाँको महत्त्वपूर्ण र नेतृत्वदायी भूमिका थियो,’ प्रधानमन्त्री देउवाले भने, ‘त्याग, राजनीति चतुर्‍याइँ थियो। मुलुकको पहिलो सभामुखको भूमिका स्मरणीय छ,’ उनले भने।

प्रधानमन्त्री देउवाले ‘किसुनजी ज्येष्ठ नागरिक स्वास्थ्य सेवा’ राष्ट्रिय अभियानको उद्घाटन पनि गरेका छन्। कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले सन्तनेता भट्टराईको त्याग र योगदानमा ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ सेवा दिन सम्भव भएको बताए। 

गोदावरी नगरपालिका भरिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने उदेश्य रहेको उनले बताए। ज्येष्ठ नागरिक पुण्यआर्जन फाउन्डेसनका संयोजक डा. सुशील कोइरालाले कार्यक्रममा भट्टराईको दन्त चिकित्सकको रूपमा काम गर्न पाएको स्मरण गरे। 

सन्तनेता भट्टराई आफूले स्वास्थ्य सेवा पाउँदै गर्दा पनि मुलुक भरका वृद्धवृद्धा र एकल वृद्धवृद्धाको स्वास्थ्य उपचारको चिन्ता लिने गरेको डा. कोइरालाको भनाइ थियो। 

कृष्णप्रसाद भट्टराई प्रतिष्ठानका प्रमुख पीएल सिंहले ज्येष्ठ नागरिकको निःशल्क उपचारले उनीहरुलाई केही सहज हुने बताए। कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाली काग्रेसका उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता डा. प्रकाशशरण महतलगायतको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .