ad ad

राजनीति


मृतकका परिवार भेट्न नदिई दिल्ली फर्काइयो कांग्रेसका राहुल र प्रियंका गान्धीलाई

मृतकका परिवार भेट्न नदिई दिल्ली फर्काइयो कांग्रेसका राहुल र प्रियंका गान्धीलाई

नेपालखबर
पुस ८, २०७६ मंगलबार १२:०,

यसबीचमा आन्दोलनमा मृत्यु भएका परिवारलाई भेट्न मंगलबार विपक्षाी दल कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी र नेतृ प्रियंका गान्धी उत्तर प्रदेश गएका थिए।

तर उनीहरुलाई प्रहरीले मिरुत भन्ने स्थानबाटै फर्काइदिएको छ। मृतकका परिवारलाई भेट्न नदिई राहुल र प्रियंका गान्धीलाई दिल्ली फर्काइएको भारतीय संचारमाध्यमले जनाएका छन्।

कंग्रेसले एक भिडियो सेयर गरेको छ जहाँ एक प्रहरीले उनीहरुलाई दिल्ली फर्किन भनिरहेका छन्।

 इन्डिया टुडेका अनुसार कांग्रेसका नेताहरु उत्तर प्रदेश पुग्ने वित्तिकै त्यहाँ धारा १ सय ४४ लागू गरेर आपतकालिन अवस्थाको घोषणा गरिएको थियो।

हाल भारतमा सरकारले नयाँ नागरिकता कानुन ल्याएपछि त्यसको विरोध गरिरहेको छ। 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .