नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि पुस १३ गते निर्वाचन हुने भएको छ।
निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गर्दै दलको नेता चयनका लागि १३ गते निर्वाचन हुने जनाएको छ।
कार्यतालिका अनुसार पुस १२ गते दिउँसो १ बजे मतदाता नामावली प्रकाशन र उम्मेदवारले पुस १३ गते बिहान ८ बजेबाट १० बजेसम्म दरखास्त दिनुपर्ने छ।
सोही दिन दिउँसो पौने १ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर दिउँसो २ बजेदेखि १ घण्टा मतदानका लागि समय निर्धारण गरिएको निर्वाचन समिति संयोजक चन्द्र महर्जनले जानकारी दिए।
बागमती संसदीय दलको नेताका लागि प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँ र बहादुरसिंह लामाले दाबी गरिरहेका छन्। उनीहरु दुवै कांग्रेस संस्थापनपक्षीय नेता हुन्।
बागमती प्रदेशमा कांग्रेसका प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १२ गरी ३७ सांसद छन्।

Shares

प्रतिक्रिया