राजनीति


कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा उठ्न ४५ हजार शुल्क

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा उठ्न ४५ हजार शुल्क

फाइल तस्बिर


नेपालखबर
पुस ८, २०७९ शुक्रबार १०:५०, काठमाडौँ

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा उठ्न ४५ हजार रुपैयाँ शुल्क तोकिएको छ। निर्वाचन समितिको निर्वाचनसम्बन्धी कार्यतालिकामा उम्मेदवारले ४५ हजार रुपैयाँ उम्मेदवारी दरखास्त शुल्क बुझाउनु पर्ने उल्लेख छ। 

कार्यविधिमा उम्मेदवारी दरखास्त फारमबापतको शुल्क १ हजार रुपैयाँ छुट्टै तिर्नपर्ने पनि उल्लेख छ। बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि पुस १३ गते निर्वाचन हुने भएको छ।

बागमती संसदीय दलको नेताका लागि प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँ र बहादुरसिंह लामाले दाबी गरिरहेका छन्। उनीहरु दुवै कांग्रेस संस्थापन पक्षीयनेता हुन्। 

यसअघि कांग्रेसको प्रतिनिधिसभा संसदीय दलको निर्वाचनमा उम्मेदवारी दरखास्त शुल्क ५१ हजार रुपैयाँ तोकिएको थियो। प्रतिनिधिसभा संसदीय दलको निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा महामन्त्री गगन थापालाई ३९ मतले हराउँदै विजयी भए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad