ad ad

राजनीति


देउवासँग भिड्न गगनको नाममा शेखर प्रस्तावक, धनराजको समर्थन

देउवासँग भिड्न गगनको नाममा शेखर प्रस्तावक, धनराजको समर्थन

होटल बसेरमा बसेको कांग्रेस इतर समूहको बैठकमा बोल्दै गगन थापा


नेपालखबर
पुस ५, २०७९ मंगलबार १३:५, काठमाडौँ

नेपाली कांग्रेस संसदीय दलको नेताका लागि बुधबार हुने निर्वाचनमा इतर समूहबाट महामन्त्री गगनकुमार थापा उठ्ने भएका छन्। 

सिंहदरबार अगाडिस्थित होटल बसेरमा अहिले बसेको इतर समूहको बैठकले गगनलाई दलको नेतामा उठाउने निर्णय लिएको एकजना केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए। 

उनका अनुसार संसदीय दलको नेताका लागि डा. शेखर कोइराला नेतृत्वको समूहबाट थापाले उमेदवारी दिने निर्णय भएको हो।

कांग्रेस वरिष्ठ नेता कोइरालाले थापाको नाम संसदीय दलको उमेदवारका रुपमा बैठकमा प्रस्ताव गरेका हुन्। 

थापाको नाममा उपसभापति धनराज गुरुङले समर्थन जनाएपछि उपस्थित करिब ३ दर्जन सांसदले एक मतले समर्थन जनाएको शिवाकोटीले बताए। 

अब थापा बसेराबाट सिधै सिंहदरबारस्थित कांग्रेस दलको कार्यालय पुगेर उमेदवारी दर्ता गर्न जाने भएका छन्। 

कांग्रेसमा संस्थापनबाट सभापति शेरबहादुर देउवा छैटौँ पटक प्रधानमन्त्री हुने गरी दलको नेतामा उठ्न तयार भइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .