ad ad

राजनीति


कागेश्वरी मनोहरा नगरपालिकाले लोकसेवा आयोगको कक्षा सञ्चालन गर्ने

कागेश्वरी मनोहरा नगरपालिकाले लोकसेवा आयोगको कक्षा सञ्चालन गर्ने

फाइल।


नेपालखबर
पुस ५, २०७९ मंगलबार ८:५९, काठमाडौँ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने भएको छ। नगरपालिकाले एक सूचना जारी गरी दलित, आदिवासी, जनजाति, महिला र अपाङ्गता तथा पिछडिएको क्षेत्रका लागि लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्न लागिएको जानकारी दिएको हो।

नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले निजामती सेवामा दलित तथा महिलाको पहुँच अभिवृद्धि तथा निजामती प्रशासनप्रति अभिरुचि जगाउने उद्देश्यले तयारी कक्षा सञ्चालन गर्न लागिएको जानकारी दिए।

तयारी कक्षामा सहभागी हुन चाहनेले १५ दिनभित्र आवश्यक कागजातसहित निवेदन दिन नगरपालिकाले आग्रह गरेको छ।

राजपत्र अनङ्कित प्रथम श्रेणी (नायब सुब्बा) तथा राजपत्र अनङ्कित द्वितीय श्रेणी (खरिदार) को पाठ्यक्रममा आधारित कक्षा सञ्चालन हुनेछन्। 

नगरपालिकाभित्र बसोबास गर्नेलाई प्राथमिकता दिइने नगरप्रमुख कार्कीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .