चितवन क्षेत्र नं २ का प्रतिनिधि सभा सांसद एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता सम्बन्धी उजुरी दिएका युवराज सफलले आफूमाथि ज्यान मार्ने धम्की आएको बताएका छन्।
काठमाडौँ प्रहरी परिसरमा ज्यूज्यानको सुरक्षाको माग गर्दै सफलले दिएको निवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले आफूलाई हत्या गर्न भारतबाट सार्पसुटर झिकाएको दाबीसमेत गरेका छन्।
‘गृह मन्त्रालयमा केस दर्ता भएको समाचार बाहिर आएपछि रवि लामिछाने समुहको बैठक रवि लामिछानेको सक्रियतामा बसी आफ्नो विरुद्ध केस हाल्ने व्यक्तिलाई भौतिक रुपमा नै सिध्याउने भनी उनीहरुको समर्थक, शुभ चिन्तकहरुले म निवेदक युवराज पौडेल सफलको हत्या गर्न दाङ्ग जिल्ला घर भएका पूर्ण बहादुर बि.क. र नाम र वतन नखुलेका मगर थरका अर्का व्यक्तिले दुई जना भारतीय सार्प सुटर अंकित चौधरी (आधार कार्ड नं.३४९९४७७०५५२४) र आधार कार्ड नं. नखुलेका अमरजीत चौधरीलाई नेपाल झिकाएको र कलंकी स्थित बाबा गेष्ट हाउसमा मिति २०७९।०८।१० गते झिकाएको ,दुई जनामध्ये अमरजीत चौधरी केही दिनमा बाहिरिएको र अंकित चौधरी मिति २०७९।०८।१८ गतेका दिन सो गेष्ट हाउसबाट बाहिरिएको गोप्य सुचना मेरो गोप्य सुत्रबाट थाहा पाएँ ।सुचना थाहा पाएपछि सो गेष्ट हाउसबाट उनीहरु अन्तै सरिसकेको खबर प्राप्त भयो र गेष्ट हाउस संचालक संचालकसँग कुरा गर्दा निजहरु १८ गते नै गेष्ट हाउस छोडेर गएको भन्ने जवाफ प्राप्त भयो’ उनले प्रहरीलाई दिएको निवेदनमा लेखेका छन्।
केही दिनअघि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका महासचिव एंव प्रवक्ता डा. मुकुल ढकालले भारतीय दुतावास गई भारतीय दुतावासमा गई दुतावास कर्मचारी र रअका अधिकारीहरुसँग भेट समेत गरेको र यसै पेरिफेरिमा भारतीय सार्प सुटर आफ्नो हत्याको लागि आएको भन्दै छानबिनको मागसमेत गरेका छन्।
प्रतिक्रिया