ad ad

राजनीति


प्रधानमन्त्रीसहित सबै पदमा प्याकेजमै सहमति खोज्ने माओवादीको निष्कर्ष

प्रधानमन्त्रीसहित सबै पदमा प्याकेजमै सहमति खोज्ने माओवादीको निष्कर्ष

नेपालखबर
पुस ३, २०७९ आइतबार १६:३२, काठमाडौँ

नेकपा माओवादी केन्द्रले गठबन्धनभित्र सबै पदहरुको प्याकेजमा सहमति खोज्नुपर्ने बताएको छ।

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले गठबन्धनमा सबै पदहरुको प्याकेजमा सहमति गर्नुपर्ने निष्कर्ष निकाले एक नेताले बताए।

‘एक एक पदको कुरा नगर्ने, जतिपनि पद छन्, सबैको प्याकेजमा बाँडफाँट गर्नुपर्छ भन्ने निष्कर्ष हाम्रो छ,’ ती नेताले नेपालखबरसँग भने, ‘राष्ट्रपति, प्रधानमन्त्री, सभामुखदेखि सबै शक्तिशाली पदहरु एकैपटक टुंगो लगाउनुपर्छ।’

बैठकमा अध्यक्ष प्रचण्डले दलहरुबीच भइरहेको संवादका विषयमा ब्रिफिङ गरेका थिए।

‘अहिलेसम्म सरकार निर्माणका विषयमा विभिन्न तवरमा छलफल भइरहे पनि टुंगिएको छैन,’ प्रचण्डको भनाई उधृत गर्दै अर्का नेताले भने, ‘हामीले बाँडफाँडको मोडेल एउटा एउटा नगरी प्याकेजमै गर्नुपर्छ भनेका छौँ।’

राजनीतिक क्षेत्रभन्दा बाहिरको राष्ट्रपति बनाउने कुरा नभएको र दलहरुले त्यसमा समर्थन नगर्ने प्रचण्डको भनाई छ।

‘राष्ट्रपति पार्टीभन्दा बाहिरबाट खोज्न हुन्न भन्नेमा मुख्य दलका सबै लिडरसीपमा एक छौँ,’ बैठकमा प्रचण्डले भने, ‘बाहिर आएका कुरामा सत्यता छैन। हामी दलभित्रैबाट राष्ट्रपति लगायतका पदहरुको बाँडफाँट गछौँ।’

अहिले अध्यक्ष प्रचण्डले नवनिर्वाचित सांसदहरुलाई प्रशिक्षण दिइरहेका छन्। आजै उनीहरुलाई सम्मान गरेर प्रशिक्षण राखिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .