ad ad

राजनीति


समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा दलित समुदायबाट २८ जना

समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा दलित समुदायबाट २८ जना

फाइल।


नेपालखबर
मंसिर २९, २०७९ बिहिबार ८:५६, काठमाडौँ

सात प्रदेशमा दलित समुदायबाट समानुपातिकतर्फ २८ जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। 

निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको प्रदेशसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्यको सूचिअनुसार प्रदेश नं १ मा नेकपा (एमाले) बाट कमला दर्नाल (तेह्रथुम), नेपाली कांग्रेसबाट सुनिताकुमारी गुरुङ (सुनसरी), नेकपा (माओवादी केन्द्र) बाट सपना दर्जी (सुनसरी) र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपालबहादुर विश्वकर्मा (झापा) प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। 
    
त्यसैगरी मधेस प्रदेशमा कांग्रेसबाट सकुन्ती देवी (सर्लाही) र निलमकुमारी रजक (सप्तरी), एमालेबाट पलटीदेवी महरा (धनुषा), जनमत पार्टीबाट रञ्जुकुमारी मण्डल खंग (सप्तरी), जनता समाजवादी पार्टी नेपालबाट ललिता दास (सिरहा), माओवादी केन्द्रबाट शारदा दास पहाडी (धनुषा) र नेकपा (एकीकृत समाजवादी) बाट किशोरी देवी (रौतहट) गरी सात जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। 

बागमती प्रदेशमा एमालेबाट बालकुमारी विश्वकर्मा (काठमाडौँ) र कांग्रेसबाट सुना परियार (काठमाडौँ) तथा गण्डकी प्रदेशमा एमालेबाट गोविन्दबहादुर नेपाली (बागलुङ) र नन्दकला दमै नेपाली (कास्की), कांग्रेसबाट दिलमायाँ पौवी (बाग्लुङ) र टीकाकुमारी बस्याल (लमजुङ) तथा माओवादी केन्द्रबाट दमयन्ती रुचाल (बर्दघाट सुस्ता पूर्व) गरी पाँच जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। 

यस्तै लुम्बिनी प्रदेशमा एमालेबाट इन्द्रकुमारी गहतराज (पाल्पा) र रेखाकुमारी शर्मा (दाङ), कांग्रेसबाट लोकीकुमारी विक (दाङ) तथा माओवादी केन्द्रबाट यमबहादुर नेपाली सार्की (गुल्मी) प्रदेशसभा सदस्यमा निर्वाचन भएका छन्। कर्णाली प्रदेशमा एमालेबाट गमता विक (दैलेख), कांग्रेसबाट लक्ष्मी सुनार (सल्यान) र माओवादी केन्द्रबाट उर्मिला विश्वकर्मा (रोल्पा) गरी तीन जना दलित समुदायबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।

सुदूरपश्चिम प्रदेशमा एमालेबाट हीरा सार्की (कञ्चनपुर), कांग्रेसबाट ललिता सुनार (कैलाली) र माओवादी केन्द्रबाट लक्ष्मी विक (दार्चुला) गरी तीन जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। प्रदेशतर्फ प्रत्यक्षमा गण्डकी प्रदेशमा सीता सुनदास र कर्णालीमा रनसिंह परियार मात्रै विजयी भएका थिए।

योसँगै प्रदेशसभामा दलित समुदायको प्रतिनिधित्व ३० पुगेको छ। 

त्यसैगरी प्रतिनिधिसभामा दलित समुदायबाट समानुपातिकतर्फ १५ जना निर्वाचित भएका छन्।

प्रत्यक्षतर्फ भने एमालेका सचिव छविलाल विश्वकर्मा मात्रै रुपन्देही निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएका थिए। 

प्रतिनिधसभामामा समानुपातिक र प्रत्यक्ष गरी दलित समुदायबाट १६ सांसद निर्वाचित भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .