ad ad

राजनीति


पौडेलले देउवालाई भने : संसदीय दलमा मलाई सघाउनू, सर्वसम्मत हुन्छु

पौडेलले देउवालाई भने : संसदीय दलमा मलाई सघाउनू, सर्वसम्मत हुन्छु

फाइल तस्बिर


नेपालखबर
मंसिर २८, २०७९ बुधबार १३:२९, काठमाडौँ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय दलको नेतामा आफूलाई सघाउन प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवासँग आग्रह गरेका छन्। 

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका पौडेलले यदि त्यसो हुन सकेमा आफ्नो पक्षमा सर्वसम्मत माहोल बन्ने पनि दाबी गरे।

‘मलाई संसदीय दलको नेतामा प्रस्ताव गर्नुस्, म सर्वसम्मत दलको नेता हुन्छु,’ पौडेलले देउवासँग आफ्नो भनाइ उद्धृत गर्दै नेपालखबरसँग भने।

जवाफमा प्रधानमन्त्री देउवाले यसबारे पछि पार्टी कार्यसमितिमा सल्लाह गरौँला भन्ने जवाफ दिएका छन्। 

‘कार्यसमितिको बैठक बस्नुपर्‍यो अनि सल्लाह गरौँला,’ देउवाको भनाइ उद्धृत गर्दै पौडेलले नेपालखबरसँग भने, ‘उहाँले भन्ने नै त्यही हो।’

मंसिर ४ को निर्वाचनपछि कांग्रेसको संसदीय दलको नेतामा सभापति देउवा र महामन्त्री गगन थापा मुख्य प्रतिस्पर्धामा देखिएका छन्।

अर्कातिर पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पनि इच्छा देखाएका छन्। यसबीचमा अब वरिष्ठ नेता पौडेलले पनि आकांक्षा देखाएका छन्। 

सत्ता गठबन्धनमा अझै पनि आगामी ५ वर्षका लागि पहिलो कार्यकाल कसले सरकारको नेतृत्व गर्ने कुरा मिलिसकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .