ad ad

राजनीति


आफू हारेको इलाम–१ को निर्वाचन बदर गर्न माग गर्दै झलनाथ खनालले हाले सर्वाेच्चमा मुद्दा

आफू हारेको इलाम–१ को निर्वाचन बदर गर्न माग गर्दै झलनाथ खनालले हाले सर्वाेच्चमा मुद्दा

फाइल तस्बिर : झलनाथ खनाल र महेश बस्नेत


नेपालखबर
मंसिर २८, २०७९ बुधबार ६:४८, काठमाडौँ

सर्वोच्च अदालतमा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफू हारेको इलाम–१ को निर्वाचन बदर गर्न माग गर्दै मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन्। 

रिट निवेदनमा निर्वाचन अधिकृतले गरेको निर्वाचन परिणाम घोषणा बदर गरी पुनः मतदान हुनुपर्ने माग गरिएको छ।

संवैधानिक इजलासमा दायर गरिएको रिट निवेदनमा निर्वाचन आयोग, इलाम–१ को निर्वाचन अधिकृतको कार्यालय, इलामको मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय इलाम, जिल्ला निर्वाचन अधिकारीसहित सङ्घीय संसद् सचिवालयलाई विपक्षी बनाइएको छ। 

उक्त निर्वाचन क्षेत्रबाट नेकपा एमालेका महेश बस्नेतले २५ हजार सात सय ५३ मत प्राप्त गरी निर्वाचित भएका थिए भने नेता खनालले २३ हजार ८९ मत प्राप्त गरेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .