ad ad

राजनीति


संसदीय दलका नेता चुनिएपछि मात्रै सरकार गठनबारे छलफल हुन्छ : प्रचण्ड

संसदीय दलका नेता चुनिएपछि मात्रै सरकार गठनबारे छलफल हुन्छ : प्रचण्ड

नेपालखबर
मंसिर २४, २०७९ शनिबार १५:४६, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीहरुले संसदीय दलको नेता चयन गरेपछि मात्रै सरकार गठनबारे छलफल हुने बताएका छन्।

उनले निर्वाचनको मत परिणाम निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष पेस गरेपछि दलहरुले संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु हुने उल्लेख गर्दै त्यसपछि मात्रै सरकार गठनबारे छलफल हुने बताए।

‘अब निर्वाचन आयोगले राष्ट्रपति कार्यालयमा निर्वाचितहरुको लिस्ट बुझाएपछि, संसदीय दलको नेता चुनिएपछि मात्रै सरकारबारे छलफल हुन्छ,’ उनले भने।

सत्तारुढ गठबन्धनमा थुप्रै नेताहरु प्रधानमन्त्रीका आकांक्षी छन्। जसमध्ये प्रचण्ड पनि एक हुन्।

सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री गगन थापासहितका नेताहरुले प्रधानमन्त्रीमा दाबेदारी प्रस्तुत गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .