राजनीति


बाबुरामको बालेन्द्रलक्षित चेतावनी : प्रहरी लगाएर गरिब लखेट्ने क्रम जारी राखे विस्फोट हुन्छ

बाबुरामको बालेन्द्रलक्षित चेतावनी : प्रहरी लगाएर गरिब लखेट्ने क्रम जारी राखे विस्फोट हुन्छ

नेपालखबर
मंसिर २४, २०७९ शनिबार ११:७, काठमाडौँ

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अतिक्रमित सार्वजनिक क्षेत्र खाली गर्ने नाममा बल प्रयोग गरी बिना विकल्प गरिब तथा फुटपाथ व्यवसायीलाई लखेट्ने क्रम जारी राखे एकदिन विस्फोट हुने चेतावनी दिएका छन्।

बालेन्द्र शाह मेयर भएयता काठमाडौँ महानगरपालिकाले सार्वजनिक क्षेत्रको खोजी गर्दै अतिक्रमण भए हटाउने अभियान नै सञ्चालन गरिरहेको छ। यस क्रममा सबैभन्दा मारमा फुटपाथ व्यवसायी परेका छन्। 

काठमाडौँ महानगरमा नगर प्रहरीहरूले फुटपाथ व्यवसायीलाई लखेटिरहेको भिडिओ सामाजिक सञ्जालमा सेयर गर्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईले फुटपाथ व्यवसायीको व्यवस्थापन र पुनःस्थापना यसको समाधान भएको सुझाव दिएका छन्। लाठी र बन्दुकको बलमा उनीहरूलाई लखेट्ने काम नरोकिए विस्फोट हुने चेतावनी उनले दिएका छन्।

डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘Urban&Regional Development Planning को विद्यार्थीको नाताले भन्छु - सहरीकरण, अनौपचारिक श्रम/अर्थतन्त्र,धनी/गरिबको विभेदीकरण संक्रमणकालीन समाज/अर्थतन्त्रको संरचनात्मक समस्या हो। यसको दिगो समाधान लाठी/बन्दुक हैन, योजनाबद्ध व्यवस्थापन र उचित पुनर्स्थापना हो। नत्र विस्फोट हुन्छ। चेतना भया!’

केही दिनअघि थापाथलीस्थित बागमती किनारका सुकुमवासी बस्ती डोजर लगाएर खाली गराउन खोज्दा पनि स्थानीयले हतियारसहित प्रतिकार गरेका थिए। 

बाबुरामको उक्त चेतावनी काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्रप्रति लक्षित रहेको बुझ्न गाह्रो छैन। 

हेर्नुहोस् बाबुराम भट्टराईको ट्विट–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .