ad ad

राजनीति


सकियो प्रधानन्यायाधीश जबराको निलम्बन फुकुवाविरुद्धको रिटबारे बहस

सकियो प्रधानन्यायाधीश जबराको निलम्बन फुकुवाविरुद्धको रिटबारे बहस

फाइल तस्बिर


नेपालखबर
मंसिर २३, २०७९ शुक्रबार १४:७, काठमाडौँ

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाअभियोग फुकुवाविरुद्ध सर्वोच्चमा परेको रिटमाथि संवैधानिक इजलासमा बहस सकिएको छ। 

कायममुकामयम प्रधाानन्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर प्रसाद खतिवडा, आनन्दमोहन भट्टराई राई र अनिलकुमार सिन्हा सदस्य रहेको इजलासमा शुक्रबार बहस सकिएको हो।

महाअभियोग निष्प्रभावी भएको पत्र दिने संघीय संसद्का महासचिव भरतप्रसाद गौतम र जबरालाई विपक्षी बनाएर हालिएको रिटमाथिको सुनुवाइका लागि संवैधानिक इजलास गठन गरिएको थियो। बहस सकिएसँगै आजै आदेश आउन सक्ने सम्भावना छ। 

सर्वोच्च बारका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यसमेतले जबरामाथि महाअभियोग निष्क्रियविरुद्ध रिट दर्ता गरेका थिए।

संसद सचिवालयले क्षेत्राधिकार मिच्दै जबराको महाभियोग निष्क्रिय भएको पत्र कार्यान्वयन नगर्न-नगराउन भन्दै हालिएको रिटमा अन्तरिम आदेश मागिएको थियो। 

२०७८ फागुन १ गते संसदमा दर्ता भएको महाअभियोग असोजमा आयु सकिएको प्रतिनिधिसभाले छिनोफानो नगरेपछि नयाँ संसदलाई जिम्मा दिइएको थियो।

तर संसद सचिवालयले कानुनत: एउटा संसदको आयु सकिएपछि आउने अर्को संसदले त्यसलाई ग्रहण गर्न नसक्ने भन्दै जबराविरुद्धको महाअभियोग निष्प्रभावी भएको पत्र दिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .