ad ad

राजनीति


चोलेन्द्रविरुद्धको मुद्दाको सुनुवाइ गर्न संवैधानिक इजलास गठन, सुरक्षा कडा पारियो

चोलेन्द्रविरुद्धको मुद्दाको सुनुवाइ गर्न संवैधानिक इजलास गठन, सुरक्षा कडा पारियो

फाइल तस्बिर


नेपालखबर
मंसिर २३, २०७९ शुक्रबार १२:३, काठमाडौँ

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाभियोग फुकुवाविरुद्ध सर्वोच्चमा परेको रिटमाथि सुनुवाइ गर्न संवैधानिक इजलास गठन गरिएको छ। 

इजलासमा पाँचजना न्यायाधीश सदस्य रहेका छन्। कायममुकामयम प्रधाानन्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर प्रसाद खतिवडा, आनन्दमोहन भट्टराई राई र अनिलकुमार सिन्हा सदस्य रहेको इजलास गठन गरिएको हो। 

महाअभियोग निष्प्रभावी भएको पत्र दिने संघीय संसद्का महासचिव भरतराज गौतम र जबरालाई विपक्षी बनाएर हालिएको रिटमाथिको सुनुवाइका लागि संवैधानिक इजलास गठन गरिएको हो। 

सर्वोच्च बारका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यसमेतले जबरामाथि महाअभियोग निष्क्रियविरुद्ध रिट दर्ता गरेका थिए ।

संसद सचिवालयले क्षेत्राधिकार मिच्दै जबराको महाभियोग निष्क्रिय भएको पत्र कार्यान्वयन नगर्न-नगराउन भन्दै हालिएको रिटमा अन्तरिम आदेश मागिएको छ। 

२०७८ फागुन १ गते संसदमा दर्ता भएको महाअभियोग असोजमा आयु सकिएको प्रतिनिधिसभाले छिनोफानो नगरेपछि नयाँ संसदलाई जिम्मा दिइएको थियो।

तर संसद सचिवालयले कानुनत: एउटा संसदको आयु सकिएपछि आउने अर्को संसदले त्यसलाई ग्रहण गर्न नसक्ने भन्दै जबराविरुद्धको महाअभियोग निष्प्रभावी भएको पत्र दिएको थियो। 

जबरालाई पत्र दिएपछि संसदका महासचिव गौतम विवादमा परेका बेला सर्वोच्चमा रिट पनि परेको हो। संसद सचिवालयले क्लिन चिट दिएपछि जबरा यही बुधबार सर्वोच्च छिर्न खोजेका थिए। र सरकार वकिलहरुको अवरोधले उनको योजना सफल हुन सकेन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .