राजनीति


कांग्रेस र एमाले मिलेर सरकारमा जान सक्छन् : सुरेन्द्र पाण्डे

कांग्रेस र एमाले मिलेर सरकारमा जान सक्छन् : सुरेन्द्र पाण्डे

नेपालखबर
मंसिर २२, २०७९ बिहिबार १६:३७, काठमाडौँ

नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार बनाउने दौडमा नरहेको बताएका छन्। 

प्रेस चौतारी नेपाल, चितवन शाखाले बिहीबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेले अहिले आफ्नो नेतृत्वमा सरकार बनाउने विषयतर्फ नसोचेको बताए। 'अहिलेको संसद्मा एमाले प्रतिपक्षमा रहन्छ', उनले भने। 

अहिलेको निर्वाचनले कुनै दललाई पनि बहुमत नदिएको उल्लेख गर्दै उपाध्यक्ष पाण्डेले एकभन्दा बढी दल मिलेर सरकार बनाउनुपर्ने अवस्था रहेको बताए। 

संसद्‍मा कुनै पनि दलको बहुमत नपुग्दा सरकारले परिणाम दिने गरी काम गर्न नसक्ने उनको भनाइ थियो। 

देशमा आर्थिक र राजनीतिक संकट देखा परे कांग्रेस र एमालेबीच सहकार्य हुनसक्ने उनले बताए। 

निर्वाचनमा जनताले पुराना ठूला पार्टीलाई सजग गराउन खोजेको भन्दै उपाध्यक्ष पाण्डेले अब ठूला पुराना पार्टी सच्चिनुपर्ने अवस्था आएको बताए। 

'एमाले र कांग्रेस सच्चिनुपर्छ', उनले भने, 'जनता हिजोदेखि स्थापित पार्टीको पक्षमा देखिए पनि खबरदारी गरेको पाइयो।'

तत्काल वाम एकता सम्भव नरहेको उपाध्यक्ष पाण्डेले बताएका छन्। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सबै दलले आफ्नो मत गुमाउन पुगेकाले अबको राजनीति सहज नहुने उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad