नेकपा एमालेका नेता भीम रावलले नदीको बहाव नेपालतिर धकेल्नेगरी भारतले दार्चुला सदरमुकाम खलंगा पारि महाकाली किनारमा तटबन्ध बनाइरहँदा पनि सरकार नबोल्नु लज्जाजनक भएको टिप्पणी गरेका छन्।
त्यही निहुँमा भारत र नेपालका नागरिकबीच ढुंगा हानाहान हुँदासमेत प्रधानमन्त्री तथा जिम्मेवार मन्त्रालय नबोलेको भन्दै रावलले रोष प्रकट गरेका छन्।
दुई देशबीचको त्यति गम्भीर विषयमा केन्द्रीय सरकारले नै ध्यान दिनुपर्ने माग रावलले गरेका छन्।
‘भारतले महाकालीको धार परिवर्तन हुनेगरी तटबन्ध बनाउँदा सरकार मौन किन’, रावलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘दुई देशका नागरिकबीच ढुंगा हानाहान हुँदा पनि प्रम देउवा, रक्षा, गृह र परराष्ट्र मन्त्रालय चुइँक्क नबोल्नु लज्जाजनक। दुई देशबीचको यति गम्भीर विषय प्रजिअले हेरेर हुने होइन, प्रम र मन्त्रालय देशप्रति जिम्मेवार होऊ।’
Shares
प्रतिक्रिया