राजनीति


एमाले छाडेका घनश्याम भुसालले भेटे माधव नेपाललाई

एमाले छाडेका घनश्याम भुसालले भेटे माधव नेपाललाई

कोटेश्वरमा माधव नेपाललाई भेट्दै घनश्याम भुसाल। तस्बिर : विश्वमणि सु्वेदीको फेसबुकबाट


नेपालखबर
मंसिर १८ , काठमाडौँ

प्रतिनिधिसभाको टिकट नपाएपछि नेकपा एमाले त्यागेका नेता घनश्याम भुसालले आइतवार एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन्। 

नेकपा एमाले त्याग्दै रुपन्देही क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दिएर पराजित नेता भुसाल अध्यक्ष नेपाललाई बधाई दिन आइतवार कोटेश्वर पुगेका हुन्। 

कांग्रेस र माओवादीको साथ मिल्दा पनि भुसाल रुपन्देही १ मा पराजित भएका थिए। 

संसदीय निर्वाचनमा पराजित भएपछिको गन्तव्यबारे प्रश्न उठिरहेका बेला भुसालले बधाई दिन भन्दै नेपाललाई भेटेका हुन्। 

तत्कालीन एमालेमा तीव्र मतभेद हुँदा भुसाल पनि अध्यक्ष केपी शर्मा ओलीविरुद्धको मोर्चाका थिए। तर उनी नेपालले पार्टी फुटाएपछि त्यसमा असहमत हुँदै एमालेमै बसेका थिए।

तर मंसिर ४ को निर्वाचनमा रुपन्देही ३ मा भुसालको साटो एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरालाई सघाएको थियो।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई टिकट नदिएपछि उनी पार्टी छाडेर रुपन्देही १ मा त्रिभुज चुनाव चिह्नसहित चुनावी मैदानमा थिए।

तर त्यहाँ उनलाई एमालेका छविलाल विश्वकर्माले पराजित गरिदिएका थिए।

उता रौतहट १ मा गठबन्धनको साथले अध्यक्ष नेपाल फराकिलो मतसहित विजयी भएका थिए।

मंसिर १८, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.