ad ad

राजनीति


विराटनगरमा उपेन्द्र यादवको घोषणा : चुनाव सकिएसँगै जसपा-एमाले सहकार्य पनि सकियो

विराटनगरमा उपेन्द्र यादवको घोषणा : चुनाव सकिएसँगै जसपा-एमाले सहकार्य पनि सकियो

फाइल तस्बिर


नेपालखबर
मंसिर १८, २०७९ आइतबार १८:२९, विराटनगर

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँगको समीकरण चुनाव सकिएसँगै समाप्त भएको बताएका छन्। 

विराटनगर विमानस्थलमा आइतवार दिउँसो पत्रकारहरुसँगको संवादका क्रममा अध्यक्ष यादवले निर्वाचनमा एकआपसलाई सघाउने काम मात्रै भएको उल्लेख गरे। 

'एमालेले केही ठाउँमा जसपालाई, जसपाले केही ठाउँमा मात्र एमालेलाई सघाएको मात्रै हो', उनले भने, 'एमालेले केही ठाउँमा हामीलाई सघाएको थियो। केही ठाउँमा हामीले सघाएका थियौँ, त्यो गठबन्धन होइन, चुनावी समीकरण मात्रै हो। अब चुनाव सकिएसँगै एमालेसँगको सहकार्य पनि सकिएको छ।’

अध्यक्ष यादवले नयाँ जनादेशपछिको सरकारमा जाने नजानेबारे पार्टीमा कुरा भइनसकेको बताए। 

'प्रतिपक्षमा बस्ने जनमत आएकाले अब के गर्ने भन्ने निर्णयमा पुगेका छैनौँ', उनले भने, 'संघीय सरकारसहित प्रदेशमा पनि के गर्ने भनेर निर्णय भएको छैन। ठोस निर्णयसहित अगाडि बढ्छौँ।'

उनले अबको सरकारको नीति हेरेर सत्तामा जाने या प्रतिपक्षमा बस्ने निर्णय पार्टीमा गरिने पनि बताएका छन्। 

यादवले परिवर्तनको पक्षमा उभिएकाहरुलाई यो चुनावमा हराइएको पनि गुनासो गरे। उनले अब लोकतान्त्रिक र क्रान्तिकारीबीच सहकार्य र एकताको आवश्यकता रहेको औँल्याएका छन्।

यादव आफैं सप्तरी क्षेत्र नम्बर २ मा पराजित भएका थिए। उनलाई जनमत पार्टीका अध्यक्ष सीके राउतले झण्डै दोब्बर मतले हराएका थिए। 

जसपाले मधेश प्रदेशका १७ प्रतिनिधिसभा सिटमा तालमेल गरेको थियो। अन्तिम अवस्थामा सत्ता गठबन्धन छाडेर एमालेसँग मिलेका यादवले आफैं पराजित भएपछि अब सहकार्य पनि टुंगिएको निष्कर्ष सुनाएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .