राजनीति


अबको सरकारले नागरिकताको विषयमा ठोस निर्णय नलिए आन्दोलन गर्छौं : रघुवीर महासेठ

‘प्रचण्ड देउवाको शरणमा छन्, एमालेसँग तालमेल हुँदैन’
अबको सरकारले नागरिकताको विषयमा ठोस निर्णय नलिए आन्दोलन गर्छौं : रघुवीर महासेठ

जयन्त ठाकुर
मंसिर १६ , जनकपुरधाम

नेकपा एमालेका सचिव रघुवीर महासेठले अब बन्ने सरकारले नागरिकता विषयमा ठोस निर्णय नलिए आन्दोलन गर्ने चेतावनी दिएका छन्।

एमालेले मधेशमा नागरिकताको विषयमा ठोस निर्णयका लागि पहल गर्ने भनेर नै मतदातासमक्ष चुनाव अघि प्रतिवद्धता व्यक्त गरेकाले त्यसका लागि आफू गम्भीर रहेको उनले बताए।

उनले नयाँ सरकार बनेको ३ महिनाभित्रै नागरिकता समस्या समाधान गर्न ठोस निर्णय नगरिए मधेश मात्र नभई देशव्यापी आन्दोलन गर्ने चेतावनी समेत दिए।

‘जन्मसिद्ध नागरिकका छोराछोरीले अविलम्ब नागरिकता पाउनुपर्छ, यदि अब बन्ने सरकारले निर्णय गरेन भने नेकपा एमालेको नेतृत्वमा हामी देशव्यापी आन्दोलन गर्छौं,’ महासेठले भने। 

नागरिकता नपाएर ७ लाखभन्दा बढी युवाको भविष्य अन्योलमा रहेको उनको भनाइ थियो। 

यता सरकार गठनका लागि वामदलहरुबीच समीकरण बनाउने कुरा निराधार रहेको उनको भनाइ थियो। ‘एमाले दोस्रो ठूलो दल बनेको छ, ५ दलीय गठबन्धनले के गर्छ त्यसकै प्रतीक्षामा हामी छौँ,’ महासेठले भने, ‘त्यसपछि मात्रै मन मिल्ने दलसंग कुरो अगाडि बढाउने छौं।’

यद्यपि माओवादीसँग अहिले तालमेल गर्ने हाम्रो कुनै योजना नरहेको उनको भनाइ थियो। ‘वामपन्थीहरुको नेता शेरबहादुर देउवा हुन सक्दैनन् तर प्रचण्डजी उनकै शरणमा पुग्नु भएको छ, त्यस्ता वामपन्थी कहलाउनेसँग हामीले के तालमेल गर्ने।’

पुराना गल्तीहरुको समीक्षा गरेर मात्रै आए त्यस विषयमा विचार गर्न सकिने महासेठको भनाइ थियो।

मंसिर १६, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.