ad ad

राजनीति


नयाँ सरकारको कसरत : सीके राउतले भेटे प्रधानमन्त्री देउवालाई

नयाँ सरकारको कसरत : सीके राउतले भेटे प्रधानमन्त्री देउवालाई

नेपालखबर
मंसिर १५, २०७९ बिहिबार १८:१०, काठमाडौँ

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्।

सत्ता गठबन्धनका लागि नयाँ सरकार बनाउन निर्णायक खेलाडीका रुपमा देखिएका उनले प्रधानमन्त्री देउवासँग बालुवाटार पुगेर वार्ता गरेका हुन्।

बुधबार मात्रै देउवानिकट कांग्रेस नेता विमलेन्द्र निधिले सीकेसँग वार्ता गरेका थिए। उक्त वार्ताका क्रममा आफूहरुका माग सम्बोधनको वातावरण बनेमा सरकारमा आउन सक्ने वचन उनले दिएका थिए।

निधिसँगको वार्ता सकारात्मक भएपछि राउत र प्रधानमन्त्री देउवाबीच वार्ता भएको हो।

राउतले बुधबार मात्रै नेपालखबरसँगको अन्तर्वार्ताका क्रममा आफूहरुसँग सत्ता र एमाले दुवै गठबन्धनका नेताहरु संवादमा रहेको बताएका थिए।

उनले आफ्ना मागहरु सम्बोधन हुने अवस्थामा भएमा सरकारमा जान सकिने बताएका थिए। उनले आफैं पनि मन्त्री भएर संघीय सरकारमा सहभागी हुने कुरा उल्लेख गरेका थिए।

मंसिर ४ को निर्वाचनबाट पाँच दलीय गठबन्धनलाई नयाँ सरकार बनाउने गरी बहुमत पुर्‍याउन मुस्किल परिरहेको छ।

यो अवस्थामा देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु साना दल र स्वतन्त्र सांसदहरुसँग पनि संवादमा छन्। 

प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नयाँ सरकारका लागि साथ खोज्दै नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलाई पनि जेलमा पुगेर भेटिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .