ad ad

राजनीति


नयाँ सरकार तयारी, प्रचण्डलाई भेट्न खुमलटार पुगे पूर्णबहादुर खड्का

नयाँ सरकार तयारी, प्रचण्डलाई भेट्न खुमलटार पुगे पूर्णबहादुर खड्का

नेपालखबर
मंसिर १५, २०७९ बिहिबार १७:४, काठमाडौँ

वर्तमान सत्ता गठबन्धन नयाँ सरकार निर्माणका लागि सक्रिय भइरहँदा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।

सत्ता गठबन्धनबाट कांग्रेसले सत्ताको नेतृत्व लिने तयारी गरिरहेका बेला खड्का खुमलटार पुगेका हुन्। नयाँ सरकार निर्माण प्रयासमा कांग्रेस सभापति शेरबहादुर देउवाकोतर्फबाट सक्रिय रहेका खड्काले प्रचण्डलाई भेटेर छलफल गरेका हुन्। 

यो भेटमा खड्काले गोरखा क्षेत्र नम्बर २ बाट विजयी भएकोमा प्रचण्डलाई बधाई दिएका थिए। त्यस्तै प्रचण्८ले पनि सुर्खेतबाट विजयी भएकोमा खड्कालाई बधाई दिएका छन्।

खड्का निर्वाचन जितेर बुधबार मात्रै सुर्खेतबाट काठमाडौं आएका हुन्। एक दिन नबित्दै उनले आफूलाई सक्रिय बनाएका हुन्। 

बुधबार नै प्रधानमन्त्री देउवासँग बालुवाटार पुगेर छलफल गरेका खड्का बिहीबार खुमलटार पुगेका हुन्। बुधबार देउवालाई भेटेर उनले कर्णाली प्रदेशमा सत्ता गठबन्धनले निर्वाचनमा पाएको सफलताबारे ब्रिफिङ गरेका थिए। 

त्यसपछि सत्ता घटकको अर्को दल माओवादी अध्यक्ष प्रचण्डलाई पनि कर्णालीमा चुनावी परिणाम र सफलताबारे ब्रिफिङ गर्न उनी खुमलटार पुगेका हु्न्। कर्णालीमा कांग्रेस-माओवादीसहितको गठबन्धनले राम्रो नतिजा निकालेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .