ad ad

राजनीति


देश आगलागीसँग जुधिरहेका बेला छुट्टी मनाउन हिँडेका अस्ट्रेलियाली प्रधानमन्त्रीले मागे माफी

देश आगलागीसँग जुधिरहेका बेला छुट्टी मनाउन हिँडेका अस्ट्रेलियाली प्रधानमन्त्रीले मागे माफी

नेपालखबर
पुस ६, २०७६ आइतबार ८:६,

यो वर्ष अस्ट्रेलिया आगलागीसँग जुधिरहेको छ। विभिन्न राज्यमा आगलागी फैलिएको छ। आगो निभाउन खटिएका दुई जनाको मृत्यु नै भइसकेको छ।

तर, यस्तो अवस्थामा प्रधानमन्त्री स्कट मोरिसन परिवारसहित छुट्टी मनाउन हिँडेपछि त्यहाँका नागरिक आक्रोशित भएका छन्।

त्यसैकारण प्रधानमन्त्री मोरिसनले आइतबार माफी समेत मागेका छन्।

छुट्टी मनाउन पत्नी र सन्तानसहित हवाइ पुगेका उनी भ्रमण छोट्याएर शनिबार देश फर्केका थिए।

‘म ढुक्क छु, अस्ट्रेलियालीहरु निष्पक्ष छन्। उनीहरु बुझ्छन्, आफ्ना बालबच्चासँग गरिएको वाचा गरेपछि हामी त्यसलाई पूरा गर्न खोज्छौँ,’ उनले भनेका छन्, ‘तर, प्रधानमन्त्रीका रुपमा मेरो अन्य जिम्मेवारी पनि थियो। र, यो आलोचना म स्वीकार गर्छु।’

अस्ट्रेलियामा आगो निभाउन क्यानडाबाट ३० र अमेरिकाबाट ९ जना अग्निनियन्त्रक त्यहाँ पुगेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .