ad ad

खेल


बिगबासमा सन्दिपको टोलीको लगातार दोस्रो जित

बिगबासमा सन्दिपको टोलीको लगातार दोस्रो जित

नेपालखबर
पुस ६, २०७६ आइतबार ८:२३,

नेपाली लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित मेलवर्न स्टार्सले बिगबास लिगमा लगातार दोस्रो जित हात पारेको छ।

सन्दिप सम्मिलित टोलीले आइतबार भएको खेलमा होबर्ट हेरिकेन्सलाई ५२ रनले पराजित गर्दै लिगको अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। एक खेलमा जित र एकमा हार भोगेको हेरिकेन्स २ अंकमा तालिकाको चौथो स्थानमा छ।

सातौ ओभमा बलिङ गर्न आएका लामिछानेले ३ ओभर बलिङ गर्दै १८ रन खर्चेर १ विकेट लिए। घातक बलिङ गरेका हरिस रोफले आफ्नो स्पेलमा २७ रन खर्चेर ५ विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको मेलर्बन स्र्टासले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६३ रनको योगफल तयार पारेको थियो। ओपनिङ ब्याट्सम्यान मार्कुस स्टोइनिसले ८१ रनको उल्लेख्य पारि खेले। निक म्याडिसनले ४० रनको योगदान गरे।

१ सय ६४ रनको योगफल पछ्याएको होबर्ट हेरिकेन्स १६ ओभरमा १ सय ११ रन जोड्दा अलआउट भयो। सन्दिपको टोलीले २७ तारिकमा ऐडिलेड स्ट्राइकर्ससँग खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .