ad ad

राजनीति


वामदेवलाई उपाध्यक्ष बनाउने गरी गरिएको विधान संशोधन स्थायी समितिबाट पारित

वामदेवलाई उपाध्यक्ष बनाउने गरी गरिएको विधान संशोधन स्थायी समितिबाट पारित

नेपालखबर
पुस ६, २०७६ आइतबार ८:३,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय सदस्य वामादेव गौतमलाई उपाध्यक्ष बनाउने गरी गरिएको विधान संशोधन प्रस्ताव पारित गरेको छ।

गौतमलाई उपाध्यक्ष बनाउन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत साउन २१ गतेको सचिवालय बैठमा प्रस्ताव गरेका थिए।

नेकपाको विधानमा उपाध्यक्षको व्यवस्था नभएका कारण सचिवालयले विधान संशोधन गरेर गौतमलाई उपाध्यक्ष बनाउन प्रस्ताव गरेको थियो।

सो प्रस्ताव बमोजिम नेकपाको विधानमा ‘नेकपामा एक उपाध्यक्ष हुनेछ’ व्यवस्था थप गरी विधान संशोधन गरेको हो। सो संशोधित विधानलाई मंसिर २९ गतेदेखि बसेको स्थायी समिति बैठकले पारित गरेको गरेको हो। सो विधान संशोधन प्रस्ताव शनिबार महासचिव विष्णु पौडेलले प्रस्तुत गरेको र स्थायी समितिले त्यसलाई पारित गरेको स्थायी समिति सदस्य मणि थापाले जानकारी दिए।

‘नेकपामा एक उपाध्यक्ष थप गर्नका लागि गरिएको विधान संशोधन स्थायी समितिले अनुमोदन गरेको छ’, नेपालखबरसँग कुरा गर्दै थापाले भने, ‘विधान पारित भएसँग वामदेव गौतम कामरेडलाई उपाध्यक्ष बन्ने बाटो खुल्ला भएको छ।’

नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच गौतमलाई उपाध्यक्ष बनाउने विषयमा सहमति भइसकेको छ भने सो प्रस्ताव यसअधि नै सचिवालयबाट समेत पारित भइसकेको छ। अब यही पुस २० गते बस्ने केन्द्रीय समितिमा सो प्रस्तावलाई पारित गर्ने र गौतमलाई उपाध्यक्ष बनाउने नेकपाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .