ad ad

कारोबार


काठमाडौंमा ९ गतेदेखि ‘द काठमाडौं ट्रेड सो २०१९’ हुने

काठमाडौंमा ९ गतेदेखि ‘द काठमाडौं ट्रेड सो २०१९’ हुने

नेपालखबर
पुस ६, २०७६ आइतबार ७:५९,

डेली रोलिङ मिडिया एण्ड इभेन्ट्सले यही पुस ९ गतेदेखि १३ गतेसम्म काठमाडौको भृकुटीमण्डप प्रदर्शनी हलमा ‘द काठमाडाैं ट्रेड सो २०१९’ आयोजना गर्ने भएको छ ।

उक्त मेलामा भारत, चीन, बंगलादेश, पाकिस्तान र नेपाल लगायत देशहरुको करिब १५० स्टल रहनेछन्। यस मेलामा नयाँ नौला बलिया र टिकाउ सामानको प्रर्दशनी तथा बिक्री वितरण हुनेछ।

नेपालमा निर्मित तथा अयातित बस्तुहरुको वृहत प्रदर्शनी गर्नु र प्रदर्शकको वित्तिय लेनदेनलाई अझ फाइदाजनक बनाउनु यस मेलाको मुख्य लक्ष्य रहेको छ । लत्ताकपडा, खाद्यान्न, घरायसी सरसमानदेखि ठूलाठूला औजार, सवारी साधान र घर निर्माण सम्मका स्टलहरु यस मेलामा रहने छन् । सन् २०२० को भिजिट नेपाल २०२० लाई लक्ष्य गरी सो सम्बन्धित कार्यक्रम पनि यस मेलामा हुनेछन् ।

क्रिसमसको बेला परेकाले र दर्शकहरुको संख्थामा उल्लेखनीय वृद्धि गर्ने उद्दश्यले मेललाई रङ्गीचङ्गी झिलिमिली सझाउनका साथै मेलालाई बेलुकाको ८ बजे सम्म खुल्ला राख्ने गरी यस मेलाको डिजाइन गरिएको छ भने पहिलो दिन सांगीतिक कार्यक्रमको समेत आयोजना गरीने छ । मेला पूर्ण रुपमा व्यावसायिक र मनोरञ्जनात्मक हुने आयोजक मध्येका एक धिरज ढकालले जानकारी दिए ।

पर्यटन प्रवर्द्धनका लागि केही स्टलहरु सहुलियत मूल्यमा बिक्रि गरी नेपालको भेषभुषा, मौलिक खाद्यान, संस्कृति र मौलिक सर सामानको प्रदर्शनी पनि यस मेलामा समावेश हुनेछन्। काठमाडौ“ र सिङ्गो नेपालको कला संंस्कृति भेषभुषा रहन सहन अनुसारको व्यापार व्यावसाय गरे अझ फाईदा हुने हुनाले यस मेलालाई ‘ट्रेड इन्फ्ल्युन्स वाइ कल्चर’को ढाँचामा आयोजना गर्न लागीएको अर्का आयोजक रोसन अधिकारीले बताए ।

यस मेलालाई डेली रोलिङ मिडिया एण्ड इभेन्ट्सले आयोजना गरेको छ भने डीएन इभेन्ट/इन्ट्रोडक्सन ट्रेड शोले सहआयोजना गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .