ad ad

राजनीति


जनमत पार्टीले पार गर्‍यो थ्रेसहोल्ड, बन्यो राष्ट्रिय दल

जनमत पार्टीले पार गर्‍यो थ्रेसहोल्ड, बन्यो राष्ट्रिय दल

नेपालखबर
मंसिर १३, २०७९ मंगलबार १२:४०, काठमाडौँ

प्रतिनिधिसभा समानुपातिकतर्फ जारी मत गणनामा जनमत पार्टीले थ्रेसहोल्ड कटाएको छ। यो खबर लेख्दासम्म उसले ३ लाख २० हजार २ सय ४८ मत ल्याएको हो। 

निर्वाचन आयोगको प्रारम्भिक आकलनअनुसार कूले सदर मतको ३ प्रतिशत ३ लाख २० हजार हुन्छ। यसलाई थ्रेसहोल्डको सीमा मानिएको छ। 

जनमत पार्टीले समानुपातिक मत ३ लाख २० हजार कटाएसँगै प्रत्यक्षतर्फ एक सिट जितेको ऊ राष्ट्रिय दल बन्ने पक्का भएको छ। 

योसमेत राष्ट्रिय दल बन्ने पार्टीको संख्या ७ पुगेको छ।  

यसअघि नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले राष्ट्रिय दल बन्ने निश्चित गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .