ad ad

राजनीति


चुनावबारे समीक्षा गर्न एकीकृत समाजवादीले डाक्यो सचिवालय बैठक

चुनावबारे समीक्षा गर्न एकीकृत समाजवादीले डाक्यो सचिवालय बैठक

फाइल फोटाे


नेपालखबर
मंसिर १२, २०७९ सोमबार १८:४०, काठमाडौँ

चुनावी परिणाम, आगामी दिनको कार्यायोजना बनाउन नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक बस्ने भएको छ।

मंगलबार विहान १० बजे बस्नेगरी सचिवालय बैठक डाकिएको उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए।

‘भोलि १० बजे हाम्रो पार्टीको सचिवालय बैठक डाकिएको छ,’ हमालले नेपालखबरसँग भने, ‘चुनावी समीक्षा र पार्टीको भावी राजनीतिबारे छलफल गर्छौं।’

४ मंसिरमा सम्पन्न प्रतिनिधि र प्रदेश सभाको चुनावको मतगणना अन्तिम चरणमा पुगेको छ। अब केही क्षेत्र र समानुपातिक तर्फको मात्र अन्तिम परिणाम आउन बाँकी हुँदा एकीकृत समाजवादीले प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ १० सिट जितेको छ। उसले १९ क्षेत्रमा उम्मेदवारी दिएको थियो। 

यसैगरी समानुपातिक तर्फको मतपरिणाम अनुसार एकीकृत समाजवादी थ्रेस होल्ड कटाएर राष्ट्रिय दल बन्न प्रयासरत भएपनि अहिलेसम्म त्यो सम्भावना न्यून हुँदै गएको छ।

एकीकृत समाजवादीले केही ठाउँमा गठबन्धनको मत ट्रान्फर नभएको, चुनावमा कर्मचारीबाट धाँधली भएको आरोप लगाएको छ।

सम्मानित नेता झलनाथ खनाललाई पहिलेदेखि सेटिङ गरेर हराइएको सो पार्टीको प्रारम्भिक विश्लेषण छ। 

यसबाहेक बैठकमा भावी सरकार गठन, गठबन्धनको भविष्य लगायतका विषयमा पनि छलफल हुने बताइएको छ।

सोमबार विहान अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग बालुवाटारमा छलफल गरका थिए।

त्यसलगत्तै अध्यक्ष नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच ललितपुर हात्तिवनमा छलफल भएको थियो।

नयाँ सरकार गठनका लागि प्रधानमन्त्री देउवाले कसरत गरिरहेका छन्। यही अवस्थामा एकीकृत समाजवादीले सचिवालय बैठकबाट केही निर्णय गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .