ad ad

राजनीति


बैतडी प्रदेशसभा (२) मा कांग्रेस विजयी

बैतडी प्रदेशसभा (२) मा कांग्रेस विजयी

नेपालखबर
मंसिर ७, २०७९ बुधबार २३:१७, काठमाडौँ

बैतडीको प्रदेशसभा (२) मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार शिवराज भट्ट विजयी भएका छन्।

उनी निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का लिलाधर भट्टलाई ४३७ मतले पछि पार्दै विजयी भएका हुन्। 

मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुका अनुसार कांग्रेसका शिवराजले १७ हजार १५३ मत प्राप्त गर्दा एमालेका लिलाधरले १६ हजार ७१६ मत प्राप्त गरे।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका नारायणदत्त जोशीले १ हजार २०१ र नागरिक उन्मुक्ति पार्टीका रेवती बोहराले १७० मत प्राप्त गरे। कुल ३७ हजार २८० मत खसेकामा १ हजार ८२० मत बदर भएको थियो। बैतडीमा प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र रहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .