सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभामा खाता खोलेको छ।
एकीकृत समाजवादीले अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा खाता खोलेको हो।
अछाम क्षेत्र नम्बर १ बाट श्रममन्त्री शेरबहादुर कुँवर प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार झपटबहादुर बोहरालाई ४ हजार ४८९ मतान्तरले पराजित गरेका हुन्।
अछाम–२ को निर्वाचन अधिकृतको कार्यालयका अनुसर मन्त्री कुँवरले १९ हजार ५३४ र एमाले उम्मेदवार बोहराले १५ हजार ४५ मत पाएका छन्।
1.3k
Shares

प्रतिक्रिया