कास्कीमा मतगणना भइरहेका ३ प्रतिनिधि र ३ प्रदेशसभा क्षेत्रमा एमालेले अग्रता कायम गरेको छ।
कास्की क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार मनबहादुर गुरुङले सुरुदेखि लिएको अग्रता कायम राख्दा कांग्रेसका किशोरदत्त बरालले पच्छ्याइरहेका छन्।
सोही क्षेत्रको प्रदेश ‘ख’मा एमालेका वेदबहादुर गुरुङ अगाडि छन्। कांग्रेस दीपक गुरुङले उनलाई पच्छ्याउँदै छन्।
कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभातर्फ एमालेकी उम्मेदवार विद्या भट्टराइले पहिलोपटक अग्रता लिएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलको अग्रता तोड्दै उनी अगाडि आएकी हुन्।
त्यहाँ सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल तेस्रो स्थानमा छन्। विद्या सो क्षेत्रको निवर्तमान सांसद हुन्।
सोही प्रदेशको ‘क’तर्फ एमालेका भीम कार्की अगाडि आएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका विजयबहादुर भण्डारीलाई पछि पार्दै उनी शीर्षस्थानमा उक्लिएका हुन्। त्यहाँ माओवादी केन्द्रका विश्वप्रकाश लामिछाने तेस्रोमा छन्।
कास्की क्षेत्र नम्बर ३ को प्रतिनिधिसभातर्फ एमालेका दामोदर बैरागी अगाडि हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेल दोस्रो र माओवादी केन्द्रका रामजीप्रसाद बराल तेस्रो स्थानमा छन्।
प्रदेशसभा ‘क’मा एमालेका गणेश गुरुङ अगाडि र माओवादी केन्द्रका दुर्गादत्त भण्डारी दोस्रो स्थानमा छन्।
प्रतिक्रिया